जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा

0
Shares

जाजरकोट ।

खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड माधव समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका छन् । ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई अनेरास्ववियुका नेताहरुले कालो झण्डा देखाएका हुन् ।

जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका ४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।

प्रचण्ड–माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन् । संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको अखिलले सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको छ । यति मात्रै नभइ , अखिलले मन्त्रीलाई कालो झण्डा देखाएर प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने कार्यक्रम यसअघि नै सार्वजनिक गरेको छ ।