वायु प्रदूषणको असर


पश्चिमी वायुको प्रभावका कारण नेपालका अधिकांश भागमा बाक्लो बादल लागेर चिसो एक्कासि बढेको छ भने उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । मुलुकका केही स्थानमा पानी परेपछि नेपालमा चिसो अझै बढ्ने अनुमान पनि गरिएको छ । मौसमविद्हरूले केही दिन नेपालमा पश्चिमी वायुको प्रभाव रहने बताएका छन् । देशभर चिसोका कारण जनजीवन असामान्य बन्दै गइरहेका बेला नेपालमा वायु प्रदूषणले पनि रेकर्ड कायम गरेको छ ।
वायु प्रदूषणका कारण राजधानीबासी सोमबारदेखि आतंकित हुन थालेका छन् । राजधानीका सडकमा हिँड्नेहरु आंँखा पिरो भएको, सास फेर्न गाह्रो हुने गरेको जस्ता समस्याबाट ग्रसित हुन थालेका छन् । काठमाडांै अहिले विश्वकै प्रदूषित शहरको सूचीमा सूचीकृत भएको छ । काठमाडांैको फोहोरा दरबार र रत्नपार्कमा वायुको प्रदूषण मापन गर्दा एक्यूआई ४ सय ८७ पुगेको छ । नेपालमा गत वर्षको जनवरी ३ मा सबैभन्दा बढी एक्यूआई २ सय १७ पुगेको थियो । सरकारले वायु प्रदूषण नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसक्दा जनस्वास्थ्यमा गम्भीर असर परेको विज्ञहरुको निष्कर्ष छ । एकातिर कोरोना संक्रमणको जोखिम कायम रहेको बेला वायु प्रदूषणले नयाँं रेकर्ड कायम गर्नुले पनि राजधानीमा गम्भीर खतराको संकेत देखपरेको छ । धूलोबाट फैलने प्रदूषणभन्दा चिसोसँंगै धूँवाबाट फैलने प्रदूषण हानिकारक हुने भएकाले ंघरबाहिर ननिस्कन चिकित्सकहरुले चेतावनी नै दिएका छन् । राजधानीमा भित्रिएका असीमित सवारीसाधनले फालेको धूँवांले बायुमण्डलमा प्रवेश गरेर त्यसले मानिसको जीवनमा गम्भीर संकट उत्पन्न गराउँदा पनि राज्य भने उदासीन बन्दै गएको भन्दै विज्ञहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । जति चिन्ता र चासो व्यक्त छ, त्यसको आधार वैज्ञानिक हो, राजनीतिक स्वार्थ होइन । आम मानवको हितका लागि अझ गहन अध्ययन गर्ने हो भने चिन्ताका पक्षहरु अझ देखिँदै जाने सम्भावना छ ।
नेपालको वायु प्रदूषणले नयांँ रेकर्ड कायम गरेपछि विश्वभर नेपाललको चर्चा हुँदा पनि सरकार भने गुमनाम अवस्थामा रहेको छ । अहिलेको वायु प्रदूषणका कारण दीर्घरोगीहरु गम्भीर चपेटामा परेका छन् । नेपालमा भित्रने भारतमा बनेका सवारीसाधन प्रदूषणको प्रमुख कारक तत्व रहेको विज्ञहरुले पटक–पटक बताउँदा पनि सरकार भने असीमितरूपमा सवारीसाधन भित्र्याएर कर असुल गर्नेतर्फ मात्रै अग्रसर भएको देखिन्छ ।
तेस्रो मुलुकमा बनेका सवारीसाधन भन्दा भारतमा निर्मित सवारीसाधनहरु कमजोर खालका हुने र त्यस्ता सवारीसाधनले फ्याक्ने धूँवांबाट निस्कने कार्वनडाइअक्साइडले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने गरेको देखिन्छ । वर्षौं पुराना सवारीसाधनलाई विस्थापन गर्नेतर्फ सरकारको निर्णय फितलो हुनुले पनि वायु प्रदूषण बढ्नुको मुख्य कारण रहेको भन्दा अत्युक्ति नहोला ।
विकसित राष्ट्रहरुले वायु प्रदूषण नियन्त्रण गर्न राज्यकोषबाट अरबौं डलर खर्च गर्ने गरेको भए पनि नेपालले भने त्यता अहिलेसम्म ध्यान दिन सकेको देखिँदैन । सत्ताको खिचातानीमै रुमलिन व्यस्त हुनुले पनि यस्ता विषय राज्यको प्राथमिकता पर्ने गरेको देखिँदैन । सरकारले जनताको स्वास्थ्यमा ध्यान दिन नसकेसम्म मुलुकले समृद्धि हासिल गर्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।