आज थप ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४४०१ जनामा कोरोनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । आज थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या २ लाख ५५ हजार ६८ पुगेको छ । आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने हालसम्म् १८८५ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्