न्युज अफ नेपाल, दाङ ।
दाङमा बसयात्रुबाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । तुलसीपुर हुँदै घोराही जान लागेको बस दुर्घटनामा परेको हो ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ना ६ ख १८१४ नम्बरको बस आज ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।
तस्वीर: सामाजिक सञ्जाल
प्रतिक्रिया