पाँच सय रुपैयाँ दिएर बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरमा ९ बर्षीय बालिका बलात्कारको आरोपमा एक ४२ बर्षीय पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा इमाडोलको बोजे पोखरीमा डेरा गरी बस्ने हर्कबहादुर विक हुन् । ती बालिकालाई ५ सय रुपैयाँ दिएर प्रलोभनमा पारी करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि उनलाई पक्राउ गरेको हो ।

आरोपित विकविरुद्ध करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिन म्याद थप भइसकेको छ । बालिकाको थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।