देश अनिश्चितताको बाटोमा अगाडी बढेको छ : पूर्व राष्ट्रपति यादव

0
Shares

भूपराज बस्याल, काठमाडौं ।

हाल देश अनिश्चितताको बाटोमा अगाडी बढेको भन्दै लोकतन्त्रको लागि सबै एक हुनुपर्ने अवस्था सिर्जना भएको पुर्व राष्ट्रपति डा रामवरणले बताउनु भएको छ । तेज तिर्थ ट्रष्टले बिहिवार काठमाडौको शान्ति वाटिमा गरेको आतिथ्य सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा पुर्व राष्ट्रपति यादवले संविधान उलंघन गरेर राष्ट्रलाई धोका भएको बताउनु भएको हो ।

उहाँले लोकतन्त्र बादी एक हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै देशमा यस्तो अवस्था आउनु दु:खद भएको बताउनुभयो । राजनीतिक दलहरु सानातिना ब्यक्तिगत स्वार्थमा अल्झिदा यस्तो अवस्था सिर्जना भएको उहाँको तर्क थियो । असंबैधानिक ढंगले संसद विघटन भएको हुँदा संविधानको ब्याख्या गर्ने सर्बोच्च अदालतको निर्णयको पर्खाइमा सबै रहेको बताउनुभयो । लोकतन्त्रबादीहरु पिलरको रूपमा खडा हुन नसक्दा देशमा यस्तो अवस्था सिर्जना हुन पुगेको उहाँको भनाइ थियो ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा यादवले कुनैपनी पाटिले मेलमिलापको सिद्धान्त अनुरुप अगाडि बढ्न नसकेको बताउनुभयो उहाँले भन्नुभयो “आफ्नै पाटी त मिलाउन नसक्ने बाट देशले के आशा गर्नु” मेलमिलापको निति राम्रो भएपनि यसलाई पाटिहरुले अंगिकार गर्न नसकेको उहाँले ठोकुवा गर्नुभयो । देशको हालको परिस्थितिको ब्याख्या गर्दै पुर्व राष्ट्रपति यादवले दुई ठुला देशको बिचमा हाम्रो देशरहेको हुँदा सधै ती दुई देशका नितिले प्रभाव पारेको भन्दै यस्तो प्रभावमा नपर्ने राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।

प्रत्येक बर्ष साहित्य, पत्रकारिता र मानवअधिकारको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई संमान गर्दै आएको तेज तिर्थ ट्रष्टले यस बर्ष पनि यस क्षेत्रमा योगदान पुर्याउने पाँच जना ब्याक्तित्वहरुको संमानको लागि उक्त कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको बारेमा प्रष्ट पार्दै सस्थाका सभापति तिर्थमान ढङोलले राष्ट्रियता प्रति योगदान पुर्याउनेहरु प्रती आफू सधै नतमस्तक रहेको बताउनुभयो ।

राजनीतिक दलहरु केही समयको लागि मात्रै प्रतिपक्ष हुन्छन् तर पत्रकार, साहित्यकार र मानवअधिकारकर्मीहरुले सधै प्रतिपक्षको भुमिका निर्वाह गर्नेहुँदा यी निकायहरुलाई कमजोर हुन नदिन पनि ट्रस्टले संमानको लागि यी क्षेत्र रोजेको उहाँले उल्लेख गर्नुभयो । प्रतिपक्ष बलियो नभएको देश सधै कमजोर हुने उहाँको तर्क थियो ।

त्यस्तै पुरस्कार छनोट समितीका सभापति भिमसेन दास प्रधानले पुरस्कृतहरु नाम बाचन गर्दै देशको योगदानमा सबै सशक्त भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । कार्यक्रम सम्मानितहरुको तर्फबाट आफ्नो धारणा राख्दै पत्रकार अजयबाबु सिवाकोटीले यस्ता संमानले राष्ट्रको योगदानको लागी जिम्मेवारी थप भएको महसुस भएको बताउनुभयो । कार्यक्रममा योगेन्द्रमान श्रेष्ठ,नारायण देबि,शिव कंगाल,अजयबाबु सिवाकोटी र निर्मला आचार्य लाई संमान गरिएको थियो ।