आज थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार देशभरका ५११० जनामा परीक्षण गर्दा उक्त संख्या कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप ६०० जना कोरोना संक्रमणमुक्त घर फर्किएका छन् । बितेको २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म २ लाख ६० हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।