आज थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ। आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४० पुगेको छ ।