नेपाल बारिस्ता एकेडेमी अब दाङमा पनि


न्युज अफ नेपाल, दाङ ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न. ८ मा  बुबा रामचद्र अधिकारी तथा माता निमकलाको कोखबाट २०५० साल ८ महिना १६ गते जन्मिएका महेश अधिकारी छाेटाे समयमै बारिस्ता ट्रेनर बन्न सफल भएका छन् ।

उनी अहिले नेपाल बारिस्ता एकेडेमीको फाउन्डरका रुपमा रहि बुटवल–९ तीनकुने र दाङ घोराहीकाे मेन रोड(सहिद गेट नजिकै)मा एकेडेमीलाई कुशल व्यवस्थापनका साथ सन्चालन गरिरहेका छन ।

सामान्य परिवारमा जन्मेका महेशले गाउँकै प्राविमा प्राथमिक र प्यूठानको सौतामारेमा अवस्थित अमर सिह माविबाट माध्यमिक शिक्षा उत्तीर्ण गरे । बुटवलमा रहरेको सिद्यार्थ प्लाजामा सामान्य वेटरका रुपमा काम गरेका अधिकारी ब्लाक फोरेस्टमा बारिस्ताका रुपमा चार वर्ष काम गरे ।

अनि झापामा रहेको बिर्तामोड बारिस्ता एन्ड बारट्रेनिङ एकेडेमीमा सिनियर बारिस्ता ट्रेनर हुँदैे ‘अब आफैं केहि गरौँ’ भन्ने उद्येश्यका साथ बुटवलमा नेपाल बारिस्ता एकेडेमीको शुरुवात गरे ।

एकदमै मिलनसार तथा स्पष्ट वक्ता अधिकारी जोसँग पनि राम्रो सम्बन्ध राख्न चाहन्छन् । उनले आवश्यक पर्दा २४ घण्टा सेवा प्रदान गर्न खटिरहन्छन ।

परिश्रम गर्न र आफ्नो पेशागत क्षेत्रमा नवीन अनुभव बटुल्दै त्यसलाई व्यावसायिक र व्यक्तित्व विकासका लागि अभ्यासमा ल्याउन रुचाउने महेशले रोजीरोटीको लागि विदेश नै जान पर्छ भन्ने मनसायलाइ जित्दै लगनसिल भएर काम गरेमा नेपालमै सफल हुने बताउछन् ।

एकेडेमीमा ट्रेनिङ लिन आउने विद्ययार्थीहरुको सन्तुष्टि, टिममा आबद्ध सहकर्मीहरुको हौसला अभिवृद्धि र एकेडेमीले राखेकोे अपेक्षा परिपूर्तिसँगै आफ्नो कर्मस्थल बुटवल हुँदै दाङको घोराहीमा समेत साखा सन्चालनमा ल्याएका छन । अधिकारी भन्छन– ‘‘दिन दुईगुणा रात चौगुणा प्रगतिकालागि आफु जिम्मेवारीपूर्ण चिन्तनसहित समर्पित छु ।’’

बारिस्ता फिल्डमा करिब सात वर्ष अनुभव बटुलेका उनी भन्छन् ‘‘स्वदेशमै सिप सिकौँ स्वरोजगार बनौँ ।’’ यसको साथै उनले बेकरी ट्रेनिङ पनि बुटवलमा गराउन थालेकाे छन भने अनलाइन केक शप पनि शुरू गरेका छन । जिवनमा पढेर मात्र भन्दा पनि जीविकोपार्जनका लागि कुनै न कुनै सिप हुनुपर्ने उनी बताउँछन् ।

उनले ठकुवा गर्दै भने ‘नेपालमा सिप सिक्ने चलनको विकास नभएको कारणले पनि बेरोजगारीको समस्या बढ्दै गएको छ, आम नेपालीले नेपालमै रोजगार पाएका छैनन् भने विदेशमा गएकाले पनि राम्रो काम पाएका छैनन् ।’

बेरोजगार समस्या बढ्दैगइरहेकाले ट्रेनिङ्ग कन्सेप्ट बनाएर बारिस्ता र बेकरी सम्बन्धी ट्रेनिङ्ग सेन्टर सन्चालनमा ल्याएको अधिकारी बताउँछन् । अब विस्तारै देशको मुख्य शहरमा शाखा विस्तार गर्ने लक्ष्य रहेकाे उनले बताए ।