मन्त्रिपरिषद विस्तार रोक्न सर्वोच्चमा रिट

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले गरेको मन्त्रीपरिषद विस्तार रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले आज रिट दर्ता गरेका हुन् ।

संसद भंग भएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गर्न सिफारिस गरेसंगै प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरुले
सामूहिक राजीनामा दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीले पुष १० गते रिक्त मन्त्री थपेका थिए ।