कञ्‍चनपुरमा ओली र प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताबीच झडप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताबीच कञ्‍चनपुरमा झडप भएको छ ।

पार्टी कार्यालय कञ्‍चनपुरमा प्रचण्ड-नेपाल पक्षको बैठक बस्ने भएपछि ओली समूहले तालाबन्दी गरेका थिए । सोही क्रममा दुई पक्षबीच झडप भएको हो । हाल स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।