आज पश्चिमी वायुको आंशिक प्रभावले तराईमा हुस्सु

0
Shares

काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखा देशभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ ।

तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसममा उल्लेख्य बदली नरहेको महाशाखाका मौसमविद वरूण पौडेलले जानकारी  दिनुभयाे  ।आज काठमाडौं उपत्यकाको तापक्रम शनिबारको भन्दा बढेको छ । विहान गरिएको मापनअनुसार आज उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको उनले बताए ।

शनिबार उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम १ दशमलब ३ डिग्री सेल्सियस मापन गरिएको थियो । पश्चिमी वायुको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।