बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु

0
Shares

एजेन्सी ।

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज ‘यूसीएलएच’ मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् ।

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोना भाइरस संक्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्ने दाबी गरिएको छ । संक्रमित बिरामीलार्ई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने वैज्ञानिकले बताएका बेलायती पत्रिका गार्जियनले उल्लेख गरेको छ । अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ ।

यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई बेलायतमा औषधिको मात्रा दिइएको छ । यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका स्वास्थ्य विज्ञहरूले बताएका छन् ।प्रभावकारी पाइएमा सुइमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई उपयोगी हुनेछ । साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने खोप परीक्षणमा संलग्न वैज्ञानिकको भनाइ छ ।