आज थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २ लाख ५७ हजार ७०० जनामा कोरोना संक्रमण भइसकेको छ । हालसम्म २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै देशभर ६७४९ सक्रिय संक्रमित रहेका छन् ।