अनेकताका बीच बलियो एकता : मुख्यमन्त्री पौडेल

0
Shares

वाग्मती ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्वले समाजलाई बलियो बनाएको बताउनुभएको छ ।

इशाई धर्मावलम्बीको चाड क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकताकाबीच बलियो एकताको उदाहरणका रुपमा संसारभर नेपाल परिचित छ भन्नुभयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक राष्ट्र भएको सन्देशमा उल्लेख छ ।

“क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भ्रातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु । ”,मुख्यमन्त्री पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।