संसद पुनर्स्थापनाको माग गर्दै दायर रिटमाथि सुनुवाईका लागि संबैधानिक इजलास गठन

0
Shares

विकास भट्टराई, काठमाडौं ।

संसद पुनर्स्थापनाको माग गर्दै दायर भएको रिट निवेदनमाथि आज संबैधानिक इजलासमा सुनुवाई हुँदैछ । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरा, हरीकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ,अनिल कुमार सिन्हा र तेजबहादुर केसीको इजलासले ती रिट निवेदनहरु सुनुवाई हुने भएको छ ।

सुनुवाईको क्रममा रिट निवेदक पक्षबाट अन्तरिम आदेशको लागि माग गर्ने भएका छन् ।