हर्नान्डेजको गोलमा मिलान विजयी



लन्डन, (एजेन्सी)
थिओ हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि एसी मिलानले इटालियन ‘सिरी ए लिग’ फुटबलअन्तर्गत
लाजियोविरुद्धको खेल नाटकीय ढंगमा ३–२ ले जितेको छ ।
सो जितसँगै मिलान शीर्ष स्थानमा उक्लियो । मिलान दोस्रो स्थानको इन्टरमिलानभन्दा एक अंकले मात्रै अघि छ । एन्टे रेबिचले खेलको १०औं मिनेटमा हेडिङमार्फत् गोल गरेर मिलानलाई १–० को अग्रता दिलाएका थिए । हाकान काल्हानोग्लुले १७औं मिनेटमा पेनाल्टी गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

तर, यसको १० मिनेटपछि लाजियोका रोमेरो अल्कोनचेलले गोल गर्दै अग्रता खुम्च्याएका थिए । सिरो इम्मोबिलले ५९औं मिनेटमा गोल गरेपछि खेल २–२ बराबरीमा पुगेको थियो । तर, बराबरी नतिजातिर उम्किरहेको खेलमा हर्नान्डेजले काल्हानोग्लुको कर्नरमा गोल गरेर मिलानलाई जित दिलाएका थिए ।

यसअघि, इन्टरमिलानले भेरोनामा २–१ को जित निकाल्दै ३३ अंकसहित शीर्ष स्थान ओगटेको थियो । तर, मिलानको जितले इन्टरलाई शीर्ष स्थानमा झनै बाध्य तुल्याएको थियो । तर, अघिल्ला नौ सिजनमा लिग विजेता बनेको युभेन्टस् भने छैटौं स्थानमा रहेको छ । युभेन्टस् शीर्ष टिम मिलानभन्दा १० अंकले पछि छ ।

प्रतिक्रिया दिनुहोस्