भारत भ्रमणमा जाँदै प्रधानमन्त्री


काठमाडौं, (नेस)

संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यही पुस २० गते भारत भ्रमण गर्नुहुने भएको छ । चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उहाँले भारत भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जानुहुने भएको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंहलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमण कति दिनको हुने टुंगो लागिनसकेको बताइएको छ । भारत भ्रमणका क्रममा महŒवपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आकलन गरिएको छ । चौतर्फी विरोधको सामना गरी रहेका प्रधानमन्त्री ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित भएका छन् ।