प्रधानमन्त्री ओलीले तनहुँबाट चुनाव लड्ने !

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावमा तनहुँबाट चुनाव लड्न चुनौती दिएका छन् । नेता पौडेलले आज पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् अरूलाई नपठाउनू। म तपाईंसँग चुनाव लड्न तयार छु ।’ बुधबार प्रधानमन्त्री ओलीले पौडेललाई तनहुँबबाट हार्ने भएपछि चुनाव लड्न डराएको बताएका थिए ।

पौडेल र ओलीबीच घोचपेचको शृंखला जारी छ । तनहुँमा पुल उद्घाटनका क्रममा पौडेललाई नेकपा कार्यकर्ताले अवरोध गरेका थिए ।