बादललाई पार्टी उपाध्यक्ष बनाउँदै ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा राम बहादुर थापा बादललाई उपाध्यक्ष बनाउने तयारी गरिएको छ । उनी पूर्व माओबादी केन्द्र पक्षबाट सरकारमा गृह मन्त्री बनेका थिए ।

उनी आज ओली नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । पूर्व माओबादी केन्द्रबाट ओली समूहमा आएपछि उनलाई उपाध्यक्ष बनाउने तयारी गरिएको बुझिएको छ । यस्तै माओबादी केन्द्रबाट टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि ओली समूहमा लागेका छन्।