आज देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरका ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप ९५२ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।