संसद विघटनबिरुद्ध परेका रिटको सुनुवाई प्रधान न्यायाधीश जबराको इजलासमा

0
Shares

विकास भट्टराई, काठमाडौं ।

संसद पुनस्र्थापनाको माग गरी दायर भएका रिट निवेदनको सुनुवाई आज प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासमा हुने भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेको कार्य गैर संबैधानिक भएको दाबी गरी सर्वोच्च अदालतमा लगभग एक दर्जन बढी रिट निवेदन दायर भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले दायर गरेको रिट निवेदन सहित १२ ओटा रिट निवेदन सुनुवाइका लागि प्रधान न्यायाधीश जबराको इजलासमा पेस भएका छन् ।