संसद बिघटन: सर्वोच्चमा परेका रिटमाथि आज सुनुवाइ हुँदै


काठमाडौं ।

प्रतिनिधिसभा विघटनको बिरुद्धमा सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ ।

केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटनको बिरोधमा सर्वोच्चमा १२ रिट परेका थिए ।

एउटा संवैधानिक इजलासमा पठाइएको छ भने ११ वटा रिटको पेशी आजलाई तोकिएको छ । संवैधानिक इजलासको पेशी भने शुक्रबारका लागि तोकिएको छ ।

प्रतिनिधिसभा विघटनलाई मान्यता दिन नहुने दावीसहितको रिट परेको छ भने संवैधानिक परिषदको निर्णय भनेर संसद सचिवालयमा पठाइएको संवैधानिक नियुक्तिबिरुद्ध पनि रिट परेका छन् ।

प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई विपक्षी बनाएर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायतले रिट दर्ता गरेका थिए ।