संसदीय दलको बैठक आज, संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने तयारी


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटीको बैठकमार्फत नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको हो ।

संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने तयारी रहेको जनाइएको छ । यसअघि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्दा पनि प्रचण्डलाई भावी प्रधानमन्त्रीको रुपमा उल्लेख गरिएको थियो ।