एकीकरणको साढे दुई वर्षमै नेकपा विभाजनमा

नेकपाको विवाद निर्वाचन आयोगमा


मधुसूदन रायमाझी, काठमाडौं

सरकारले संसद् विघटन गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको साढे दुई वर्षमै विभाजित भएको छ । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर पार्टी एकताको कामले पूर्णता नपाउँदै संसद् विघटन प्रकरणले समानान्तर केन्द्रीय कमिटीको बैठक गर्दै दुवै समूहले औपचारिक विभाजनको सन्देश दिएका छन् । संसारमै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा आन्तरिक विवादका कारण विभाजितको बाटोमा पुगेको हो ।

मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा आ–आफ्नै वैधता रहेको दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको भेलाले प्रचण्ड–नेपाल समूहको बैठकले वैधानिकता नपाउने दाबी गरेको छ भने यता प्रचण्ड–नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको दाबी गर्दै बालुवाटारको भेलाको अर्थ नभएको बताएको छ ।

दुवै समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका बारेमा पत्राचारसमेत गरिसकेका छन् । संसद् विघटन गरेपछि सोमबार नै प्रचण्ड–नेपाल पक्षले स्थायी समिति बैठकले गरेको निर्णयअनुसार अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको थियो । मंगलबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले केन्द्रीय कमिटीको पुनर्गठन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । नेकपाभित्र कुन समूहले वैधानिकता पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ ।

नेकपाको ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाउनुभएको थियो । बैठकमा उहाँले प्रथम अध्यक्षका हैसियतले मौजुदा केन्द्रीय समितिमा ५ सय ५६ थपेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावलाई बैठकमार्फत अनुमोदन गराउनुभएको छ । त्यसै गरी बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै नयाँ प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ ।

बैठकले पुस ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाउने निर्णय गरेको छ । योसँगै ओली पक्षको भेलाले नेकपाको कुल केन्द्रीय सदस्यको संख्या १ हजार १ सय ९९ बनाउने निर्णय गरेको छ । हाल नेकपामा ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटी रहेको थियो । भेलाले तत्कालै ५ सय ५६ जना केन्द्रीय आयोजक समिति थपिएको र रिक्त रहेका १ सय ९६ जना पछि थप्ने बताएको छ । मनोनित सदस्यहरुलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले शपथग्रहण गराउनुभएको छ ।

विस्तार गरिएको केन्द्रीय कमिटीमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलगायत सबै केन्द्रीय सदस्यहरू यथावत् राखिएको छ । तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ । भेलामा पूर्वमाओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी भएका थिए ।

नेकपा ओली समूहको केन्द्रीय कमिटीबाट प्रवक्ताको जिम्मेवारी पाउनुभएका प्रवक्ता ज्ञवालीले पार्टी अध्यक्ष, महासचिव र माइन्युटविनाको बैठकले गर्ने निर्णयले वैधानिकता नपाउने बताउनुभएको छ । बालुवाटारमा सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकको वैधानिकता नहुने दाबी गर्नुभयो । पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र भन्ने प्रश्न गर्दै प्रवक्ता ज्ञवालीले भन्नुभयो– ‘त्यस्तो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरै भएन । नेकपा विभाजित र विघटन भएको छैन, बैठकको निर्णयको वैधानिकतामा कसैको प्रश्न भए निर्वाचन आयोगले निरुपण गर्छ ।’

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै नेकपाले ओलीलाई अध्यक्षबाट बर्खास्त गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नेपाल समूहको बहुमत केन्द्रीय सदस्यको भेलाले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेस गर्नुभएको थियो । सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो ।

त्यसै गरी प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय कमिटी बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको दाबी गरिएको छ । बैठकस्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षरपुस्तिकामा ३ सय १० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो । हाल नेकपामा ४ सय ४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ ।

निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत ल्याउँछ ः ओली
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गर्नुभएको छ । उहाँले चुनाव हुन्छ भन्नेमा दुविधा नराख्न आग्रह गर्दै कतिपयले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्छ भनेर भ्रम फैलाएको विषयमा सत्यता नभएको बताउनुभएको हो ।
आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैलाई पनि कारबाही नगर्ने बताउनुभयो । अहिले केन्द्रीय समितिले काम गर्न नसकेकाले नयाँ साथीहरु थपेर गतिशील बनाउन खोजेको बताउँदै उहाँले भन्नुभयो– ‘चुनाव हुन्छ, ५० लाख समानुपातिक मतसहित दुई तिहाइ ल्याउँछ ।’

आफूहरुको बैठक नै वैधानिक हो ः प्रचण्ड
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, नियम कानुनअनुसार आफूहरुले बैठक राखेकाले नेकपा नै वैधानिक भएको बताउनुभयो । राजधानीमा मंगलबार आयोजित नेकपाको समानान्तर केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु, यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ, संविधान, नियम कानुनअनुसार यो वैधानिक नेकपा हो ।’
प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने बताउनुभएको छ । उहाँले दुई नेतासँग आफूले मंगलबार बिहान मात्रै कुराकानी गरेको भन्दै उनीहरुलाई यो बैठकले देख्न चाहेको पनि बताउनुभयो ।

हामी दुई तिहाइ बहुमतमा छौं ः नेपाल
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको बताउनुभएको छ । समानान्तर भेलालाई सम्बोधन गर्दै उहाँले बालुवाटारमा भएको गुटको भेला पार्टीको आधिकारिक बैठक नभएको बताउनुभयो । नेता नेपालले भन्नुभयो– ‘ओलीले आफू नभएको बैठकले मात्र वैधता पाउने भन्नु मूर्खता हो, म प्रथम अध्यक्ष भएकाले म नभएको बैठकले वैधता पाउँदैन भन्ने भ्रमपूर्ण कुरा हुन् ।’
नेकपाभित्रको आन्तरिक विवादका कारण संसद् विघटनसम्म पुगेसँगै गुटगत भेलालाई नेकपाका दुई समूहले प्राथमिकता दिएका छन् । ओली समूहले सातवटै प्रदेशमा भेलाको आयोजना गरेको छ । मंगलबार नै ओली समूहले बागमती प्रदेश कमिटीको भेला काठमाडौंमा सम्पन्न गरिसकेको छ । पार्टी एकीकरण गर्दै नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ बनेको थियो । पार्टीभित्र कित्ताकाट शुरु भएसँगै केन्द्रीय सदस्यहरु पनि आ–आफ्नो समूहमा विभाजित भएका छन् ।

 कुन समूहमा कोको छन् ? 

  • केपी शर्मा ओली

केपी ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
किरण गुरुङ
छविलाल विश्वकर्मा
प्रदीपकुमार ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
सुवासचन्द्र नेम्वाङ
शंकर पोख्ररेल
केशवप्रसाद वडाल
पुष्पराज कँडेल
अइन्द्रसुन्दर नेम्वाङ
ईश्वरबहादुर रिजाल
एकबहादुर राना मगर
कैलाशप्रसाद ढुंगेल
खगराज अधिकारी
गोकुलप्रसाद घर्ती
देवीलाल चौधरी
नारायणबहादुर सिलवाल
अच्युतप्रसाद मैनाली
ईश्वरीप्रसाद भट्टराई
एकराज विश्वकर्मा
किशोरकुमार अधिकारी
केदारनाथ न्यौपाने
कृष्णबहादुर राई
खिमलाल भट्टराई
गुरुप्रसाद बराल
गोकुलप्रसाद बाँस्कोटा
गोरखबहादुर बोगटी
गौरीकुमारी ओली
गंगाप्रसाद यादव
जया घिमिरे
तिलबहादुर विश्वकर्मा
तैयव हुसेन मियाँ
दलबहादुर राना
दिनेशचन्द्र यादव
देवराज घिमिरे
देवीप्रसाद ज्ञवाली
नरुलाल चौधरी
पद्मा अर्याल
पुरनसिंह दयाल
आनन्दप्रसाद पोख्ररेल
उमादेवी कोइराला
कर्णबहादुर थापा
कमलादेवी महतो
काशीराम अधिकारी
कृष्णगोपाल श्रेष्ठ
खेमप्रसाद लोहनी
गोविन्दबहादुर नेपाली
गोमा देवकोटा
जगत्बहादुर सुनार
जगदीशप्रसाद कुसियत
तिलबहादुर महत क्षत्री
थममाया थापा
देवेन्द्र दाहाल
धर्मनाथ शाह
नजिर मियाँ
नारदमुनि राना
निरादेवी जैरू
पार्वत गुरुङ
खगेन्द्र राई
खेममान खड्का
जुलीकुमारी महतो
दीपकप्रसाद देवकोटा
निरुदेवी पाल
भानुभक्त ढकाल
भीमबहादुर कार्की
महादेव यादव
महेश बस्नेत
मोहमद हारुन हलुवाई
रामप्रित पासवान
रामेश्वर राना मगर
लीलानाथ श्रेष्ठ
सुजिता शाक्य
विक्रमबहादुर शाही
विनाकुमारी श्रेष्ठ
बैजनाथ चौधरी
भानुभक्त जोशी
भूपेन्द्रबहादुर थापा
मनकुमारी जीसी
मञ्जुकुमारी चौधरी
मानबहादुर जीसी
यामलाल कँडेल
रामकुमार शर्मा
रामरतीदेवी राम
विजय सुब्बा
सूर्यबहादुर थापा क्षत्री
शान्ता चौधरी
प्रेमबहादुर आले
बद्रीप्रसाद न्यौपाने
बिन्दा पाण्डे
विनोद श्रेष्ठ
विमला घिमिरे
भैरवसुन्दर श्रेष्ठ
माधव ढुंगेल
मायानाथ अधिकारी
मोहमद महफुज अन्सारी
युवराज खतिवडा
योगनारायण यादव
राजेन्द्रप्रसाद गौतम
राधाकुमारी ज्ञवाली
रामेश्वर फुयाल
लक्ष्मीप्रसाद पोख्ररेल
लीला गिरी
सराज अहमद फारुकी
शेरधन राई
हरिनारायण महतो
हरिबहादुर राजवंशी
हिक्मतकुमार कार्की
हंसबहादुर शाही
सुशीला सिंखडा
श्रीप्रसाद शाह
ज्ञानबहादुर भुजेल
शेरबहादुर तामाङ
टोपबहादुर रायमाझी
लेखराज भट्ट
मणि थापा

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’

पुष्पकमल दाहाल ‘प्रचण्ड’
नारायणकाजी श्रेष्ठ
गणेश शाह
गिरिराजमणि पोखरेल
चक्रपाणि खनाल
जनार्दन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
मातृकाप्रसाद यादव
लीलामणि पोखरेल
शक्ति बस्नेत
हरिबोल गजुरेल
अमिक शेरचन
पेशलकुमार खतिवडा
अजयशंकर नायक
ओनसरी घर्ती
बालकृष्ण गैरे
कुलप्रसाद केसी
कृष्णप्रसाद सापकोटा
खिमलाल देवकोटा
गिरीधारीलाल न्यौपाने
गोपाल ठाकुर
चूडामणि खड्का
जयपुरी घर्ती
जीवन गौतम
ज्वालाकुमारी साह
टेकबहादुर बस्नेत
डिलाराम आचार्य
तारामान स्वाँर
तेजबहादुर वली
दलजित विक श्रीपाइली
दिनेश पन्थी
दिलीप महर्जन
दीपबहादुर योन्जन
धर्मशीला चापागाईं
नरबहादुर विष्ट
नरेश भण्डारी
एकचन्द्र बराल
नेपबहादुर थारू चौधरी
परशुराम रम्तेल
पासाङ शेर्पा
अञ्जना बिसंखे
अशोककुमार मण्डल
ओमनाथ ढुंगाना
कालीबहादुर मल्ल
कृष्ण केसी
खगराज भट्ट
जगप्रसाद शर्मा
झक्कुप्रसाद सुवेदी
टेकबहादुर बलम्पाकी
डोरप्रसाद उपाध्याय
दीपेन्द्रकुमार पुन मगर
धीरेन्द्र शर्मा
नारायणप्रसाद पौडेल
अमरबहादुर गुरुङ तमु
इन्द्रबहादुर आङ्बो
कुमारप्रसाद पौडेल
केशव नेपाल
गणेशमान पुन
गंगा कार्की
जोखबहादुर महरा
झकबहादुर मल्ल
डाचाराज वाग्ले
दामाकुमारी शर्मा
दीनानाथ शर्मा
दुर्गा जयन्ती राई
नरेन्द्रबहादुर कुँवर
नारायणी शर्मा
परशुराम तामाङ
पूर्णकुमारी सुवेदी
अजम्बर राई काङमाङ
अमृता थापा
अच्युतमप्रसाद काफ्ले
आशा कोइराला
इन्द्रजित थारु
उर्मिला अर्याल
कमलप्रसाद चौलागाईं
कमला रोका
कुमारी मोक्तान
कृष्ण धिताल
कृष्णध्वज खड्का
गोपीबहादुर सार्की अछामी
गंगाकुमारी बेलबासे
गुप्तबहादुर ठकुरी
जोगकुमार बर्बरिया यादव
टंक आङ्बोहाङ लिम्बु
ताराकुमारी घर्ती
तिलकराम शर्मा
तुलराम घर्ती मगर
दधिराम न्यौपाने
दावा तामाङ
दिलीपकुमार प्रजापति
दुर्गाप्रसाद चापागाईं
देवी खड्का
देवराज रेग्मी
नवीन रोका
नारायणप्रसाद दाहाल
निर्मल आचार्य
पार्वती थापा
पुष्पविक्रम मल्ल
प्रभु साह
विन्दमान विष्ट
विमला सुवेदी
वीरमान चौधरी
माधव सापकोटा
मायाप्रसाद शर्मा
युवराज चौलागाईं
राजकुमार शर्मा
राजु खड्का
शिवबहादुर बस्नेत
रामकुमार राई
रामचन्द्र झा
रामकुमारी चौधरी
रेणु चन्द
वसन्तकुमार शर्मा
विजय भण्डारी
सत्या पहाडी
समिता कार्की
सीता पोखरेल
सुनीलकुमार मानन्धर
शालिकराम जम्कट्टेल
प्रकाशहरि पोख्रेल
प्रल्हादकुमार बुढाथोकी
बलावती शर्मा
बोधमाया कुमारी यादव
महेन्द्र पासवान
मुक्तिनारायण प्रधान
युवराज दुलाल
लेखनाथ दाहाल राजन
राजेन्द्र कार्की
रामेश्वर राय यादव
रेणु दाहाल
लीलबहादुर थापामगर
वामदेव क्षेत्री
विश्वनाथ शाह
सावित्री कुमार काफ्ले
सुदन राई किराती
सुरेशकुमार आलेमगर
शरद्सिंह भण्डारी
विना मगर
महेश्वरजंग गहतराज
युवराज भट्टराई
रामदीप आचार्य
लक्ष्मण पन्त
लक्ष्मीदत्त जोशी
विष्णुप्रसाद चौधरी
सन्तकुमार थारू
सुरेशकुमार राई
सूर्यप्रकाश सुवेदी
शशी श्रेष्ठ
विषमलाल अधिकारी
गजेन्द्रबहादुर महत
भरतप्रसाद शाह
मनोजजंग थापा
महेन्द्रबहादुर शाही
महेश्वर दाहाल
यशोदा गुरुङ सुवेदी
राजकाजी गुरुङ
रामप्रसाद सापकोटा
रेखा शर्मा
लेखनाथ न्यौपाने
सन्तकुमार दराई
सुकबहादुर रोका
सुरेन्द्रकुमार कार्की
शिवकुमार मण्डल
हकिकुल्लाह मुसलमान
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
हरि दाहाल
हरिबहादुर चुमान
हिमाल शर्मा
हितमान शाक्य
हेमकुमार राई
त्रिलोचन भट्ट
सुशीला सिर्पाली ठकुरी
श्यामकुमार श्रेष्ठ
श्रीराम ढकाल
हरिराज अधिकारी
हितबहादुर तामाङ
हेमराज भण्डारी
टंक राई
पदम राई
किरण राई
देवेन्द्र पराजुली
कल्पना धमला
कृष्णबहादुर महरा

  • माधवकुमार नेपाल

माधवकुमार नेपाल
झलनाथ खनाल
अष्टलक्ष्मी शाक्य
गोकर्ण विष्ट
घनश्याम भुसाल
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मुकुन्द न्यौपाने
युवराज ज्ञवाली
योगेश भट्टराई
रघुजी पन्त
सुरेन्द्रप्रसाद पाण्डे
अमृतकुमार बोहोरा
अरुणप्रसाद नेपाल
कमलजंग राई
कल्याणीकुमारी खड्का
कृष्णप्रसाद शर्मा खनाल
गौरा प्रसाईं कोइराला
गंगालाल तुलाधर
जगन्नाथ खतिवडा
ठाकुरप्रसाद गैरे
तिलकुमार मेन्याङ्बो लिम्बु
देउमान सम्बाहाम्फे
गणेशकुमार पहाडी
चूडामणि जंगली
जीवनाथ घिमिरे
खगेन्द्र चुडाल
दिलकुमारी पन्त
नागेन्द्रप्रसाद चौधरी
निरजप्रसाद आचार्य
पशुपति चौलागाईं
घनेन्द्र बस्नेत
जीवनराम श्रेष्ठ
टंकप्रसाद कार्की
तुलबहादुर गुरुङ
दिनेशकुमार राई
केशवलाल श्रेष्ठ
गणेशसिंह ठगुन्ना
गोविन्दविक्रम शाह
चन्द्रबहादुर शाही
जयन्तीदेवी राई
झपटबहादुर रावल
देवशंकर पौडेल
धर्मराज निरौला
नरेश खरेल
परशुराम मेघी गुरुङ
प्रकाश ज्वाला
प्रेमलकुमार खनाल
बलदेव चौधरी
वसन्तप्रसाद मानन्धर
मदनकुमारी साह गरिमा
महेश्वर पाठक
यज्ञराज सुनुवार
रचना खड्का
रवीन्द्र अधिकारी
लक्ष्मण पौडेल
लालबाबु पण्डित
विश्वनाथ प्याकुरेल
सुरेन्द्र मानन्धर
सोम मिश्र
प्रमेशकुमार हमाल
विरोध खतिवडा
महेश रेग्मी
मेटमणि चौधरी
रत्नेश्वर गोइत यादव
रवीन्द्र बैठा धोबी
राजेन्द्रप्रसाद पाण्डे
रामचन्द्र यादव
रामकुमारी झाँक्री
लक्ष्मणराज ज्ञवाली
लालबाबुप्रसाद यादव
सरलाकुमारी यादव
प्रमोदनारायण यादव
बलवीरप्रसाद चौधरी
भागवत नेपाली
ममता गिरी
माधवप्रसाद अर्याल
यदुवंश झा
रवीन कोइराला
राजबहादुर बुढा
राजेन्द्रकुमार राई
रामचन्द्र शाह तेली
लालबहादुर विक
सावित्राकुमारी भुसाल
शारदा सुवेदी
प्रतापलाल श्रेष्ठ
बलराम बास्कोटा
भाष्कर काफ्ले
राजन राई
रामकुमार ज्ञवाली
रामदयाल मण्डल
लालबहादुर थापा
विजयकुमार पौडेल
विष्णु रिजाल
सरोजकुमार यादव
सीता गिरी ओली
सुधीर शाह
सोमप्रसाद पाण्डे
शत्रुध्न महतो
श्रीनाथ बराल
सुशीला नेपाल
शेरबहादुर केसी
श्रीमाया थकाली
हरिप्रसाद पराजुली
हरिबहादुर राई
रघुवीर महासेठ