थप ७२२ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

0
Shares

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजारको स्वास्थ्य परीक्षण गर्दा ३१० महिला र ४१२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार २३६ पुगेको छ । पछिल्लो समय थप ९६६ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ४५ हजार ७०९ पुगेको छ । निको हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर सात हजार ७२९ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४१३ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी सात हजार ७२९ जना आइसोलेसनमा रहेका छन् । हालसम्म १८ लाख ८४ हजार १८१ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३६५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

थप तीनको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ७९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।