प्रचण्डलाई नेकपा कार्यकारी अध्यक्षबाट हटाउने ओली पक्षको तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी भित्रको बिवाद चरमोत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पुगेपछि अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओली पक्षले कारबाहीको तयारी गरेको छ ।

मंगलबमर बिहान ९ बजे ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डलाई अध्यक्षबाट हटाउने सम्मको कारबाहीको तयारी गरिएको हो ।

प्रचण्डले अर्का प्रधानमन्त्री ओलीबिरुद्ध सचिवालयमा आरोप पत्र दर्ता गरेको, अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेको लगायतका आरोप लगाउँदै प्रचण्डलाई हटाउने तयारी गरेको बुझिएको छ । संसद भंग गर्ने सरकारको निर्णयपछि नेपाली राजनितीमा तरंग छाएको छ भने जनता निराश बनेका छन् ।