आज थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल पछिल्लो २४ घण्टामा नेपालमा ७ सय ४२ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ४२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १८ लाख ७७ हजार १ सय ८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्