मध्यावधि निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्री ओलीको आव्हान

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आग्रह गरेका छन् । आज दिउँसो देशबासीका नाममा सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निणरयक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।”