बादल समूह पनि उत्रियो संसद बिघटनको बिरोधमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पूर्व माओबादीका तर्फबाट केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री बनेका राम बहादुुर थापा बादल समूहका नेताहरुले संसद बिघटन प्रतिगामी कदम भएको बताएका छन् । मन्त्री निवास पुल्चोकमा आज बिहान भएको बादल समूहको भेलामा उनीहरुले एक स्वरमा सरकारको कदमको बिरोध गरेका छन् ।

भेलामा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पम्फा भुसाल लगायत २० जना नेताहरुको सहभागिता थियो । सो भेलामा गृहमन्त्री बादलले नेताहरुलाइ परामर्शपछि मात्र निर्णय दिने बताएका छन् ।