सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद विघटन स्वभाविक : बिजुक्छे

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पाटी का अध्यक्ष नारायणमान बिजुक्छेले सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु स्वभाविक रहेको बताउनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिक्रिया दिँदै उहाँले नेपाल कम्युनिष्ट पार्टी भित्रको विवादले अहिलेको परिस्थिति सिर्जना भएको बताउनुभयो ।

केपी शर्मा ओली सरकारलाई काम गर्न बाटो रोकिएकोले देशलाई जोगाउन संसद विघटन गरेर नयाँ निर्वाचनमा जानु स्वभाबिक रहेको बिजुक्छेले बताउनुभयो । संसद विघटनको घोषणा गरेर निर्वाचनको मिति जारी गर्नुलाई आफूले स्वभाविक प्रक्रियाको रुपमा लिएको उहाँको भनाइ थियो।

अध्यक्ष बिजुक्छेले देशमा जसरी पहिला संसदहरु विघटन भए यसलाई पनि यही प्रक्रियाको निरन्तरताको रुपमा लिएको बताउनुभयो । संवैधानिक रुपमा संसद विघटनको विषयमा धेरै व्याख्याहरु हुने भन्दै प्रधानमन्त्री ओलीले चालेको नयाँ कदम औचित्यतता पूर्ण छ छैन ,कानूनले मिल्छ मिल्दैन भन्ने कुरा पछि अदालतले हेनुपर्ने बताउनुभयो ।

उहाँले भारतकै इशारामा विरोधीहरुले ओलीलाई काम गर्न नदिएको भन्दै ओली अन्तिमसम्म लड्ने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीमा दुई अध्यक्ष प्रणालीका कारण पनि यो अवस्था आएको भन्दै उहाँले एउटै मेचलाई दुवै तिर तान्न लगाएपछि मेच भाँच्नु स्वभाविक भएको बताउनुभयो ।

संविधानमा समेत दोषहरु छन् भन्दै अविश्वासको प्रस्ताव, विश्वासको मत लिनुपर्ने लगायका चरणहरु संविधानमा हूुुदा प्रधानमन्त्रीलाई काम गर्न नदिने गरी बाधिएकोले त्यस्तो अप्ठेरो स्थितिमा काम गर्न असहज पार्दै प्रधानमन्त्रीलाई यो कदम चाल्न विरोधीहरुले बाध्य पारेको बताउनभयो । भारतकै इशारामा विरोधीहरुले ओलीलाई काम गर्न नदिएको भन्दै उहाँले ओलीले अन्तिमसम्म हिम्मत नहार्ने बिश्वास ब्यक्त गर्नुभयो ।