ओलीमाथि अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा स्थायी कमिटिले अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै कारबमही गर्ने निर्णय गरेको हो ।

मन्त्रीपषिदको सिफारिसमा राष्ट्रपतिद्वारा संसद भंग गरिएपछि नेपाली राजनितीमा खैलाबैला मच्चिएको छ । पार्टीले ओलीबिरुद्ध राजनीतिक तथा कानुनी उपचार खोज्ने बताईएको छ ।

पार्टी अध्यक्ष समेत रहेका ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै स्थायी कमिटी बैठकले अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।