प्रचण्डलाई झड्का, ओलीकाे साथमा बादल र भट्ट

0
Shares

न्युज अफ नेपाल, काठमडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपामा कित्ताकाँट सुरु भएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । ओली सरकारको सडकमासमेत चर्को बिरोध सुरु भएको छ ।

यस्तैमा पूर्व माओवादी तर्फबाट मन्त्री बनेका गृहमन्त्री राम शहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्दै राजीनामा दिएका छैनन् । उनीहरु दुबै जनाले ओली सरकारमै निधो गरेको पाईएको छ । बादल र भट्ट यसअघि पनि सार्वजनिक मञ्चमै ओलीको खुलेर समर्थन गर्दै आएका छन् ।