एकचोटी राष्ट्रपतिसंग भेटेपछि मात्र अध्यादेश फिर्ता लिन्छु : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक पटक राष्ट्रपतिसंग भेट गरेपछि मात्र अध्यादेश फिर्ता लिने बताएका छन् । नेकपाका अर्का अध्यक्षसंग बुधबार अध्यादेश फिर्ता लिने सहमति गरेका ओलीले आज यस्तो बताएका हुन् । आज उनले संबैधबानिक परिषदको बैठक समेत बोलाएका थिए ।

प्रचण्डको कडा आपत्तिपछि बैठक तत्कालका लागि स्थगित गरिएको छ । आज साँझ बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । क्याबिनेट बैठकले अध्यादेश फिर्ता लिने बिषयमा निर्णय गर्ने छ ।

यद्यपी ओलीका क्रियाकलाप हेर्दा अध्यादेश फिर्ता हुनेमा आशंका देखिएको छ । यदी अध्यादेश फिर्ता नभए पुष ५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक आपतकालीन बस्न सक्ने आँकलन गरिएको छ ।