आज थप ७७६ मा कोरोना संक्रमण पुष्टि, ९४७ जना डिस्चार्ज

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका ६५८८ जनाको परीक्षण गर्दा ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९४७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।