प्रचण्डले आपत्ति जनाएपछि संबैधानिक परिषद् बैठक स्थगित

0
Shares

न्यज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष र अन्य नेताहरुले आपत्ति जनाएपछि संबैधानिक परिषदको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि संबैधानिक परिषदको बैठक बोलाएका थिए ।

बुधबार प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसंग अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । सहमति गरेको भोलिपल्ट नै ओलीले परिषदको बैठक बोलाएका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको छ । यद्यपी देउवा भने बैठकमा नजाने बताईएको छ । देउवालाई ओलीले फोन मार्फत् बैठकमा आउन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् ।