११ सहसचिवको सरुवा

0
Shares

काठमाडौं, (नेस)।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ११ जना सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा हुनुभएको छ ।

अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोकसेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

प्रदेश नम्बर ३ का मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ भने उहाँको ठाउँमा गृह मन्त्रालयका नारायण भट्टलाई पठाइएको छ ।