तत्काल संसद् अधिवेशन बोलाउन माग

0
Shares

काठमाडौं, (नेस) । 

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद्को अधिवेशन तत्काल बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले तत्काल संसद्को बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको पदाधिकारी बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्मविपरीत भएको ठहर गर्दै संसद्को अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको निष्कर्ष निकालेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अध्यादेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाइ समितिमा चुनौती दिने रणनीति लिने बताएको छ । बैठकले पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठकसमेत बोलाएको छ ।

प्रवक्ता शर्माका अनुसार पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।