आज देशभर थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
आज ८४७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।