नेकपा स्थायी कमिटी बैठक शुरु, प्रधानमन्त्री ओली पनि सहभागी

0
Shares

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी हुनुभएको उहाँका प्रेस सल्लाहकार थापाले बताउनुभयो । आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो ।

आजै बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।  उहाँहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।