संबैधानिक अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता (पूर्णपाठसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्याल अध्यादेश खारेजीको माग गर्दै रिट सर्वोच्च अदालतमा दायर गरेका हुन् । उक्त रिटको पेशी शुक्रबार तोकिएको छ ।

उक्त रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाइएको छ । रिटमा अध्यादेश बदर घोषित गर्न, अध्यादेशका आधारमा हुने संवैधानिक परिषद्का बैठकमा सहभागी नहुने तथा नियुक्तिसम्बन्धी अन्य कुनै निर्णय नगर्न आदेश जारी गर्न समेत माग गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठसहित…

Writ Constitutional Council Ordinance Unicode