पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ ।
दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७ सय कुखुरा जलेका छन् भने करिब १५ लाखरुपैयाँ बराबरको क्षति भएको छ ।
महानगरीय प्रहरी प्रभाग सुडालको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया