जोटा दुई महिना मैदानबाहिर

0
Shares

लन्डन, (एजेन्सी) । 

इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड डिएगो जोटा दुई महिना मैदानबाहिर बस्नुपर्ने भएका छन् ।

चोटका कारण पोर्चुगिज खेलाडी जोटाले दुई महिना मैदान बाहिर बस्नुपर्ने भएको प्रशिक्षक जोर्गेन क्लोपले बताएका छन् । च्याम्पियन्स लिगअन्तर्गत गत बुधबार लिभरपुल र मिड्ज्याल्यान्डबीच भएको १–१ गोलको बराबरी म्याचका दौरान जोटा घाइते भएका थिए । चोटग्रस्त बनेपछि जोटाको शल्यक्रिया गर्नुपर्ने अनुमान गरिएको थियो । तर, चेकजाँचपछि भने उनको अप्रेसन नगरी उपचार सम्भव हुने बताइएको छ ।

जोटासँगै अहिले लिभरपुलमा अन्य तीन खेलाडी पनि चोटग्रस्त छन् । जोटासँगै एकै खेलमा दोस्रो रोजाइका डिफेन्डर कोस्तस मिकस पनि घाइते भएका थिए । त्यस्तै, भर्जिल भान डाइक पनि लामो समयका लागि मैदानबाहर छन् । त्यसैगरी, जोए गोमेज पनि घाइते अवस्थामा नै रहेका छन् ।