डिलाशैनीको लकडाउन पुस ५ सम्म

0
Shares

बैतडी, (नेस) ।

बैतडीको डिलाशैनी गाउँपालिकाको लकडाउन थप १ हप्ताका लागि लम्ब्याएको छ । कोरोनाको जोखिम कायमै रहेकाले लकडाउन बढाइएको हो ।

कोभिड–१९ को जोखिम कायमै रहेकाले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरिएको डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले बताउनुभयो ।

विपद व्यवस्थापन समितिको बैठकले सोमबारदेखि लागू हुने गरी पुस ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि मंसिर २६ गतेसम्म लकडाउन गरिएकोमा जोखिम कायमै रहेकोले गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहराको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले पुस ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

लकडाउनको अवधिमा गाउँपालिकामा अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा बन्द रहनेछन् ।