आज थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थप १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।