वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृत बिनानै ठेक्का

0
Shares

सञ्जय कार्की, रौतहट ।

वातावरणीय परिक्षण प्रतिबेदन स्वीकृत नहुदै चन्द्रपुर नगरपालिकाले नदिजन्य बस्तुको उत्खननका लागि ठेक्का लगाएको खुल्न आएको छ । चन्द्रपुर नगरपालिकाले बाग्मती नदिको पौराई नाका, चादी नदिको मोतिपुर, मरधर र खौराहा नाका बाट गिट्टीजन्य पर्दाथको उत्खननको लागि ठेक्का लगाएको पाइएको छ ।

वातावरणीय परिक्षण प्रतिबेदन स्वीकृत नहुदै चन्द्रपुर नगरपालिकाले ठेक्का लगाएपछि जिल्ला प्रशासन कार्यालय रौतहट र डिभिजन बन कार्यालय रौतहटले चासो देखाएपछि नगरपालिकाले बेवास्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ०७७ मंसिर १७ गते र डिभिजन बन कार्यालय रौतहटले ०७७ मंसिर २६ गते प्रारम्भिक बाताबरणीय परिक्षण प्रतिबेदन स्वीकृत प्राप्त नगरी उत्खनन अनुमति दिएको बिषयमा चन्द्रपुर नगरपालिका लाई जानकारी माग गर्दा समेत दुबै निकाय लाई बेवास्ता गरेको छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देलले कार्यपालिका बैठक बाट वातावरणीय परिक्षण प्रतिबेदन स्वीकृत भएको बताउनु भयो । वातावरणीय परिक्षण प्रतिबेदन ९आईइ० स्वीकृत नै नगरि चन्द्रपुर नगरपालिकाले नीयम बिपरित ठेक्का लगाएपछि डिभिजन बन कार्यालयका र जिल्ला प्रशासन कार्यालयको चासो देखिएको हो । नीयम बिपरित चन्द्रपुर नगरपालिकाले ठेक्का लगाएपछि बागमति नदिको आरएस कन्स्ट्रक्सन चन्द्रनिगाहपुर र चांदी नदिको आसिष कन्स्ट्रक्सनले ठेक्का सकार गरेको थियो । चन्द्रपुर नगरपालिकाले नदिजन्य बस्तुको उत्खनन र निकासी ठेक्काका लागि ०७७ कार्तिक ५ गते टेण्डर आब्हान गरेर ठेक्का लगाईसक्दा समेत ०७७ मंसिर ३० गते मङ्गलबारका दिन सम्म बाताबरणी परिक्षण प्रतिबेदन स्वीकृत भएको छैन स्रोतले भन्यो ।

डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख बन अधिकृत बिनोद सिहले नदिजन्य पदार्थ उत्खनन गर्नु पुर्ब सरोकारवाल संग छलफल सहित बाताबरणीय परिक्षण प्रतिबेदन स्वीकृत गराउनु पर्दछ तर चन्द्रपुर नगरपालिकाले त्यसो नगरीकनै ठेक्का लगाउनु कानुन बिपरित रहेको बताउनु भयो । वातावरणीय परिक्षण प्रतिबेदन स्वीकृतको लागि डिभिजन बन कार्यालय रौतहटले १५ बुदे सुझाव माग गरेपनि त्यसको समेत नगरपालिकाले बेवास्ता गरेको छ । डिभिजन बन कार्यालय रौतहटका सहायक बनअधिकृत अमरदेब यादबले चन्द्रपुर नगरपालिकाले कानुन बिपरित ठेक्का लगाएको बताउनु भयो । गएको साउन ५ गते सघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले वातावरणीय परिक्षण प्रतिबेदन स्विकृत गराएर मात्र स्थानीयतहलाई नदिजन्य पर्दाथको उत्खनन, निकासी र भण्डारको अधिकार दिएको हो । चन्द्रपुर नगरपालिकाले नीयम कानुन बिपरित नदिजन्य बस्तुको ठेक्का लगाएपछि डिभिजन बन कार्यालय रौतहटका प्रमुख बिनोद सिहले चन्द्रपुर नगरपालिकाका राजश्व फाँटका किर्ति सुबेदी लाई कानुन सम्मत कार्य गर्न सल्लाह दिनु भएको छ ।

परामर्श दाताले नगरपालीकालाई बुझाएको प्रतिबेदनमा परामर्शदाताको समेत हस्ताक्षर छैन स्रोतले भन्यो डिभिजन बन कार्यालयको प्रतिनिधिको समेत रहेको छैन । उता बृन्दाबन नगरपालिकाको कार्यपालिकाको बैठक बाट गौरबको आयोजना भन्दै निर्माणाधिन रेलमार्गको लागि ५० हजार घनमिटर गिट्टीजन्य पर्दाथ निकासीको लागि अनुमति दिएपछि तीन गुणा भन्दा बढि निकासी हुदा समेत त्यसको अनुगमन हुन सकेको छैन । बृन्दाबन नगरपालिकाले रौताहा/हिमडुङ्ग–ठोकर/कन्काई जेभि लाई ५० हजार घनमिटर ग्य्राबेल निकासीको लागि अनुमति दिएपनि त्यसको तीन गुणा भन्दा बढि गिट्टीजन्य पर्दा निकासी हुदा समेत त्यसको राजश्व रकमको लेखाजोखा नभएको स्रोतले बतायो ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठक बाट ०७७ साउन ५ गते स्वीकृत ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन, बिक्री तथा ब्यबस्थापन सम्बन्धि मापदण्ड ०७७ अनुसार स्थानीय तह लाई अधिकार दिएको छ । तर स्थानीय तहले अधिकार बिपरित कार्य गर्दै आएको पाइएको छ ।