देशव्यापी प्रदर्शनले ऊर्जा प्रदान

0
Shares

काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिस्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट गरेको बताउनुभएको छ । उहाँले एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत प्रकट भएको बताउनुभएको छ ।

‘देशव्यापी प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको छ । यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु’, देउवाले भन्नुभएको छ– ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीलाई म विशेष बधाई ज्ञापन गर्दछु ।’

प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्नेप्रति उहाँले सम्मान प्रकट गर्दै समाचार प्रसारणमार्फत योगदान पु¥याउने देशभरिका सबै पत्रकारमा धन्यवाद व्यक्त
गर्नुभएको छ ।