विवादित धानको गोदाम बैंकले खोल्न लगाएपछि फेरी विवाद सुरु

0
Shares

विमल विष्ट, डोटी ।

धान कस्को भन्ने विषयमा बिबाद सुरु भइ अदालतमा मुद्दा परि अदालतले बिचाराधिन मुद्दामा राखेको धानको गोदामको चाबी यहाँ स्थित एक र्बैकले बिबादित व्यक्तिलाई नै धान बिक्री गर्न आदेश दिदै चाबी दिएपछि झन बिबाद उत्पन्न भएको छ । धान किन्ने तथा बिक्री गर्ने दुइ व्यक्ति बिच बिबाद भएपछि कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडानम्बर २ बाँणीमा रहेको ओम महादेव खाद्य उद्योगमा सिल गरिएको थियो ।

सिल गरिएको उक्त गोदाम दुबै पक्षको सहमती बिनानै सिल गरिएको गोदाम खोली बिबादित धान एक पक्षलाई खोलीबिक्री गर्नका लागि बैंकले चाबि हस्तान्तरण गरेको बिबाद उत्पन्न भएका मध्येका एकजना गोदावरी नगरपालिका–१ अत्तरियाका व्यवासायी चन्द्र पाठकले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “धान बेच्ने कृष्णपुर नगरपालिका वडानम्बर २ बाँणीका बलराम पन्त र मेरो बिच बिबाद थियो, तर धनगढीस्थित शाखा कार्यालय रहेको एनएमबि बैंकले उक्त धान बेच्न भन्दै पन्त जीलाइ चाबी दियो, मलाइ अन्याय भयो, मैले न्यान नपाउने हो र ?”

उक्त गोदामका पूर्व मालिक कृष्णपुर नगरपालिका वडानम्बर २ बाँणीका बलराम पन्तले धनगढीस्थित शाखा कार्यालय रहेको एनएमबि बैंकबाट ऋण लिइ व्यवसाय खाद्य उद्योग सञ्चालन गर्दै आएको र बैंकको ऋण तिर्नका लागि भन्दै गोदाममा भएको धान बिक्री गरी ऋण तिर्नका लागि गोदामको चाबी दिएको बैंकले दाबी गर्दै आएको छ । कम्तिमापनि एक वर्ष पहिले उक्त ओम महादेव खाद्य मिलका पूर्व सञ्चालक पन्तले डोटीको दिपायलका चन्द्र पाठकलाई बिक्रि गरिसक्नु भएको छ । खाद्य उद्योग बिक्री गरेपनि सो उद्योग भित्र मौजाद रहेको धान आफुले बिक्री नगरेको पन्तको दाबी छ भने पाठकले धान सहित आफुले किनेको दाबी गर्दै आउनु भएको छ । दुबै जना बिच बिबाद उत्पन्न भएपछि अहिले उहाँहरुको मुद्दा कञ्चनपुर उच्च अदालतमा पुगेको छ ।

एनएमबि बैंकले वित्तिय अनुशासनको सीमानै नाँघेर आफु माथी चरम अन्याय गरेको ओम महादेव खाद्य मिलका वर्तमान सञ्चालक चन्द्र पाठकको आरोप छ । बिबादित बनेको धानको विषयमा जानकारी लिन पटक पटक एनएमबि बैंक धनगढीमा जानकारी लिन खोज्दा बैंकले कुनै जवाफ दिन मानेको छैन् । अदालतमा गइसकेको मुद्दा भएकाले यस विषयमा बैंकको केन्द्रिय कार्यालयबाट नै जानकारी लिन भन्दै बैंकले झारोटार्दै आएको छ । आफु अन्यायमा परेको भन्दै पाठकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ बाँणीका बलराम पन्त, धनगढी उपमहानगरपालिका–४ चौराह स्थित एनएमबी बैंक र बलराम पन्तकी श्रीमति मनुदेवी पन्तलाई बिपक्षी बनाएर उच्च अदालत महेन्द्रनगरमा रिट समेत दायर गर्नु भएको छ । ओम महादेव खाद्य उद्योग वाणी–२ स्थित ओम खाद्य उद्योगका पूर्व सञ्चालक बलराम पन्तले एनएमबि बैंक धनगढीबाट रु.३ करोड

कर्जा लिएको र ऋणनै नतिरेरको अवस्थामा उक्त खाद्य उद्योगलाई बिक्री गरेर बैंको ऋण तिर्नका लागि डोटीको दिपायल सिलगढी नगरपालिका–२ का चन्द्र पाठकसँ ग २०७६ साल भदौ २२ गतेका दिन रु ८८ लाख रुपैयाँ बयाना लिएर उद्योग बिक्री गरेको देखिन्छ ।
पछि गएर चन्द्र पाठकले बलराम पन्तको मिल खरिदका लागि एनसिसि बैंक दिपायलबाट रु ४ करोड कर्जा निकालेर रु तीन करोड मिल बाँकी रकम मिल मालिकलाई बुझाउनका लागि जिल्ला घरेलु विकास कार्यालयबाट फर्म र पान समेत नामसारी गरिसकेपछि बलराम पन्तले मिल बिक्रका लागि गर्न आनाकानी गरेपछि चन्द पाठक र बलराम पन्तका बिचमा विवाद सृजना भएको देखिन्छ ।

पन्तले मिल बिक्रि गर्नमा आनाकानी गरेपछि पाठकले उक्त खाद्य उद्योगमा मौजात हुँदा अर्थात किन्ने समयमा रहेका खरिद गरेका ७ सय बोरा धान आफ्नो भएको र आफुले बयाना स्वरुप दिएको रु ८८ लाख नगद असुल उपरका लागि अदालत जानु पर्ने अवस्था आएको थियो बताइएको छ । एनएमबी बैंक कर्मचारीको मिलेमतोमा पन्तले आफुमाथी धोका दिन र मेरो पैसा खान सडयन्त्र रचेको भन्दै चन्द्र पाठक आक्रोसित बनेका छन् । मिल बिक्री गर्ने भनिएका बलाराम पन्तलाइ यस विषयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।