काठमाडौंको पेट्रोल पम्पमा आगलागी (भिडियोसहित)

0
Shares

ललितपुर। ललितपुर महानगपालिका–१७ ग्वार्कोस्थित उज्ज्वल पेट्रोल पम्पमा आज साँझ आगलागी भएको छ । तेल झार्न आएको ट्याङ्कर नै तातेर आगलागी भएको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)किरण बज्राचार्यले आगलागी भएको सूचना पाउनासाथ आफूहरु र दमकल गएर नियन्त्रण गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “पम्पमा क्षति भएको छैन त्यसैले डराउनुपर्ने अवस्था देखिँदैन ।”