न्युज अफ नेपाल, काठमाडौं ।
चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम माग गर्दै उखु किसान पुनः आन्दोलित भएका छन् । उनीहरूले आइतबारदेखि काठमाडौँमा आन्दोलन थालेका हुन्। माइतीघर मण्डलामा उखु किसान सङ्घर्ष समितिको आयोजनामा चिनी मिलबाट रकम भुक्तानी नपाएको र गएको पुस १८ गते नेपाल सरकारसँग भएको सम्झौता लागु नभएको विरोधमा प्रदर्शन भएको हो ।
उखु किसान सङ्घर्ष समिति अध्यक्ष राम स्वायत राय, सचिव हरिश्याम रायसहित झण्डै २५ जना उखु किसान विरोधमा सहभागी भएका छन् ।
तस्बिर : उजोल डंगोल
प्रतिक्रिया